

Dear Respected Community Members!
नेपाल सरकारले आ्व्हान गरेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न सहयोग पुर्याउने उदेश्यले Nepali Association of Oregon, NRNA NCC USA Oregon Chapter, NRNA NCC USA-Trade and Tourism Promotion Committee र Eugene-Kathmandu Sister City Association ले संयुक्त रुपमा Oregon को Lane Event Center, Eugene शहरमा यही February १५ र १६ मा आयोजना हुन गइरहेको 35th Asian Celebration मा सहभागी हुन लागेको छ। उक्त मेलामा Asia का प्राय: सबै राष्ट्रहरुको प्रतिनिधित्व हुने भएकोले मेलाको मह्त्व धेरै रहेको छ। मुख्य मन्चमा सबै राष्ट्र्हरुका सांस्कृतिक कार्यक्रम दुबै दिन पालैपालो प्रस्तुत हुने भएकोले नेपालको पालो February १६ का दिन दिउशो ४ बजे परेको छ। र हामीले आधा घन्टाको समय पाएकाछौ। उक्त मेलामा हामीले दुबै दिनको लागि एउटा बुथ खरिद गरेका छौ र दुबै दिन बुथमा नेपाल सम्बन्धी Documentary Videos देखाइने छ। साथै बुथमा नेपाल सम्बन्धी Poster हरु र नेपाली कला संस्कृति चिनाउने मुर्तिहरु र केहि handicrafts/brochures हरु पनि राखिने छन् ।
दुई दिन चल्ने उक्त मेला February १५ तारिख शनिबार बिहान १० बजे सर्बसा्धारणको लागी खुला हुनेछ र सो दिन सांझ ७ बजे बन्द हुनेछ। भोलीपल्ट आइतबार बिहान ११ बजे पुन्: खु्ल्नेछ र सांझको ६ बजे मेला सम्पन्न हुनेछ। आइतबार दिउशो २:३० बजे हाम्रो बुथ (Booth #39) मा नेपालीहरु र नेपालका मित्रहरुको स्वागतको लागी सानो मन्तब्यको कार्यक्र्म राखिएको छ। सांझको ६ बजे Eugene-Kathmandu Sister City Association ले एउटा Dinner को आयोजना गरेको छ्। यहाहरु सबैलाई हाम्रो कार्यक्रममा उपस्थित भई कार्यक्र्मको शोभा बढाई दिनु हुन हार्दिक अनुरोध गर्द्छौ।
प्रार्थी:
कार्यक्रम संयोजक
Daya Shakya, President, NAO and NRNA Oregon Chapter
Bharat Banskota, NAO Immediate Past President & NRNA NCC USA Trade and Tourism Promotion Committee